होटलमा आफन्तसहित बसेका पुरुष मृत फेला

बिएल

मोरङको पथरी शनिश्चरे नगरपालिका ९ का भीमकुमार मादेन लिम्बू ताप्लेजुङमा मृत भेटिएका छन्। फुङ्लिङ बजारको तोक्मेडाँडास्थित तागेरा होटलमा बास बसेका ३६ वर्षीय लिम्बूको शव बुधबार बेलुका फेला परेको हो।

आफन्तसहित होटलमा बसेका मादेनको मृत्यु भएपछि होटल साहुले खबर गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

मृतकको साथबाट उनले प्रयोग गर्दै आएका मुटुको औषधि पनि भेटिएको प्रहरी निरीक्षक विष्णु खड्काले बताए। शव पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ। घटना बारे थप अनुसन्धान भइरहेको खड्काले बताए।

प्रकाशित मिति: : 2019-12-05 13:09:57

प्रतिकृया दिनुहोस्