पाल्पाको तिनाउमा जिप दुर्घटना: घटनास्थलमा दुई जना पुरुषको शव फेला

फाइल तस्बिर: बिएल

पाल्पाको तिनाउ गाउपालिका ५ मा जिप दुर्घटना भएको छ।

बिहिबार चौविसमाईल स्थित सिद्धार्थ राजमार्गबाट लु.१ ज ४२०९ नं.को जिप करिब २०० मिटर तल खस्दा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा दुईजनाको शव फेला परेको भए पनि मृतकको पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना अहिले केहीबेरअघि भएको थियो ।

प्रकाशित मिति: : 2019-12-05 12:51:39

प्रतिकृया दिनुहोस्