पुरुष क्रिकेटमा नेपालद्वारा भुटान विशाल रनले पराजित

फाइल तस्बिर: बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले भुटानलाई परााजित गरको छ।

बिहिबार भएको खेलमा नेपालले भुटानलाई १ सय ४१ रनले पराजित गरेकोे हो। २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले ६ विकेट गुमाएर ९५ रन मात्र बनायो।

भुटानका लागि मिक्यो दोर्जीले सर्वाधिक २७ रन बनाए। यस्तै सोनाम तोब्गेयले १५, तोब्डेन सिन्गेले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन।

नेपालका पारस खड्काले २ तथा करन केसी, ललित राजबंशी र पवन सर्राफले समान १/१ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ३७ रन बनायो। नेपालको विशाल योगफलमा कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले।

५५ बलको सामना गरेका मल्लले ९ छक्का र ५ चौकाको मद्दतले १ सय ७ रन बनाए। कप्तान ज्ञानेन्द्र टी–ट्वान्टी अन्तराष्ट्रियमा शतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन्। यसअघि टी–ट्वान्टी अन्तराष्ट्रियमा पूर्वकप्तान पारस खड्काले मात्र शतक बनाएका थिए ।

यस्तै भुटानविरुद्ध पारसले ५७ र उप-कप्तान दिपेन्द्र सिंह ऐरीले अविजित ४५ रन बनाए।

भुटानका कर्मा दोर्जीले २ तथा तोब्डेन सिंगेले १ विकेट हात पारे।

प्रकाशित मिति: : 2019-12-05 12:10:13

प्रतिकृया दिनुहोस्