औषधि खरिद अनियमितताबारे बयान लिन डा. सिंहलाई अख्तियारले बोलायो

फाइल तस्बिर: बिएल

मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको औषधि खरिद अनियमितताबारे बयान लिन अख्तियारले त्यसका तत्कालीन महानिर्देशक डा. रमेशविक्रम सिंहलाई बोलाएको छ।

औषधि खरिद अनियमितताबारे अनुसन्धान थालेको अख्तियारले बिहीबार डा. सिंहका नाममा सातदिने सूचना जारी गरेको हो। नआएमा कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने चेतावनी पनि आयोगले दिएको छ।

मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, हेटौंडाले आर्थिक वर्ष ०७२/७३ र ०७३/७४ मा निःशुल्क वितरण गर्ने औषधि खरिद गरेको थियो। यी दुवै आर्थिक वर्षमा औषधि खरिदका लागि छुट्याइएको विनियोजित बजेट खर्च गर्दा अनियमितता भएको उजुरी परेको छ।

छानबिनका क्रममा निर्देशनालयका जिम्मेवार व्यक्ति मुछिएका छन्। यही क्रममा अख्तियारले यसका तत्कालीन महानिर्देशक डा. सिंहमाथि बयान लिन लागेको हो।

प्रकाशित मिति: : 2019-12-05 09:44:12

प्रतिकृया दिनुहोस्