नेपाल दोस्रो खेलमा श्रीलंकासँग बराबरीमा रोकियो

फाइल तस्बिर: बिएल

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबलको दोस्रो खेलमा नेपाल बराबरी राेकिएकाे छ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा नेपाल श्रीलंकासँग १-१ गोलको बराबरीमा राेकिएकाे हाे। खेलमा पहिलाे अग्रता भने नेपालले लिएकाे थियाे। ३७ औं मिनेटमा नेपालका लागि कप्तान सुजल श्रेष्ठले पेनाल्टीबाट अग्रता दिलाएका थिए।

पहिलाे हाफमा एक गोलको अग्रता लिएकाे नेपालले दाेस्राे हाफमा गाेल खायाे।

थप गरिएको चार मिनेटको इन्जुरी समयमा जज सुपानले गोल गर्दै श्रीलंकालाई हारबाट जोगाए।

यो बराबरीसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ ।

नेापलले यसअघिकाे खेलमा भुटानलाई ४-० गाेल अन्तरले पराजित गरेकाे  थियाे।

प्रकाशित मिति: : 2019-12-04 19:00:54

प्रतिकृया दिनुहोस्