सोमबार, १५ डिसेम्बर २०२५

भारतीय खेलाडीलाई पन्छाउँदै तेक्वान्दोमा नेपालकी संगीताले जितिन् स्वर्ण

News Image
स्वर्ण विजेता संगीता बस्याल खुसी मनाउँदै। तस्बिरः बिएल
• • •

काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत तेक्वान्दोमा नेपालकी संगीता बस्यालले अर्को स्वर्ण पदक जितेकी छिन् ।

सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको महिला ६२ केजी तौल समूह मुनिको खेलमा संगीताले भारतीय खेलाडी गागानजोत गिललाई हराउँदै स्वर्ण जितेकी हुन् ।

गिलले ८ अंक जोड्दा संगीताले १९अंक बनाइन्।

योसँगै तेक्वान्दोमा नेपालको स्वर्णपदकको संख्या १० पुगेको छ।

उनले घरेलु मैदानमा भएको खेलमा देशका लागि स्वर्ण पदक जित्न पाउँदा एकदमै खुसी लागिरहेको बताइन्। यो पदक प्रशिक्षक संगीना र आफ्नो परिवारलाई दिन चाहने बताइन्।

प्रशिक्षक संगिता बैद्यले खेलाडीको मिहिनेतका कारण स्वर्ण पदक जित्न सफल भएको बताइन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!