मोरङको रंगेली नगरपालिका ७ मा रहेको जिल्ला अस्पतालमा अहिले बिरामी हरुको चाप बढ्न थालेको छ। एक महिना अगाडि अस्पतालमा आएका मे.सु डाक्टर रोहेन्द्र पाण्डे, एम.डि. जेनेरल प्रक्टिसको अध्ययन गरेका उनले अहिले अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवालाइ प्रभावकारी र सुधार गर्न लागेपछि विरामीको चाप बढेको हो।
उनलाई रंगेली बासी र अस्पतालका कर्मचारीहरुको थप सहयोग भएमा अझै अस्पताललाई थप सुदृढ बनाउदै लैजाने मेसु पान्डेले बताए। बिगतका दिनहरुमा अस्पतालमा सातामा तीन दिनमा मात्रै भिडियो एक्सरे र प्रसुति सेवा हुने गरेता पनि एक महिना अगाडि आएका नयाँ मेसुले अहिले दैनिकी भिडियो एक्सरे र प्रसुति चेक जाँच समेत गर्दे आईरहेका छन्।
पाण्डे अहिले २४ घन्टा अस्पतालमै बिरामीहरुको सेवामा लागि परेका छन्। उनी अहिले इमर्जेन्सी सेवा, भिडियो एक्से रे , दैनिकी ओपिडि सेवा, सुरक्षित प्रसुती अपरेसन सेवासंगै अस्पतालको स्तर उन्नति र सुदृढीकरण गर्ने र नेपाल सरकारले लागू गरेको स्वास्थ बिमा कार्यक्रम संचालनको लागि शसक्त रुपमा लागि रहेका छन्।

पाण्डेका अनुसार केही दिनमै जनरल अपरेसन सेवा हर्निया, ऐपेन्डिसाइटिस, हाइड्रोशिल को शल्यक्रिया संचालनमा आउने छ। एक महिना को अवधिमा जटिल अवस्थामा प्रसुति गर्ने अस्पताल आएका ६ वटा सफल सल्यक्रिया गरेको अस्पतालले जनाएको छ। रंगेली ८ कि आरति सरदारकाले भनिन् रंगेली अस्पतालमा यसरी सफल सल्यक्रिया हुन्छ भनेर सोचको पनि थिइन् तर यहि अस्पतालमा यसरी सुरक्षित प्रसुति सल्यक्रिया भएकोमा आफू अत्याधिुक खुशि भएको बताइन्।
त्यसैगरी मान्ति यादव ले आफ्नो गर्भमा बच्चा उल्टो रहेको अवस्थामा समेत यहि अस्पतालमा यसरी सुरक्षित सल्यक्रिया गरेकामा आफू निकै खुशी भएको बताईन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया