बलिउड अभिनेता ऋतिक रोशनले सामाजिक सञ्जाल इन्स्टाग्राममा मुटुको एउटा तस्विर शेयर गर्दै भावुक स्टाटस लेखेका छन्।
उनले लेखेका छन्, ‘मेरो मुटुको आकार। साँच्चै...................हामी सबै कति कमजोर छौं। हामीले जीवनको आधा समय यत्तिकै खर्च नगरिकनै हरेक समय सबैलाई प्रेम गर्ने कोसिस गर्न सकिएको भए। हामी कति सजिलै बिर्सन्छौं कि हामी सबै एकै हौं र प्रेमका लागि बनेका छौं।’
उनको तस्विरमा करिब ९ लाखले लाइक र कमेन्ट गरेका छन्। सार्वजनिक तस्विरमा उनका एक प्रशंसक लेख्छन्, 'मुटु एकदम स्वस्थ्य देखिरहेको छ।' त्यस्तै अर्का प्रशंसकले लेख्छन् 'प्रेरणादायक।'
कामको कुरा गर्ने हो भने सन् २०१९ मा ऋतिक दुई फिल्म ‘सुपर ३०’ र ‘वार’ मा देखिए। दुबै फिल्म बक्स अफिसमा सुपरहिट भए।
'सुपर ३०' र 'वार'पछि ऋतिकले कुनै नयाँ प्रोजेक्ट साइन गरेका छैनन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया