साग महिला भलिबल फाइनल : दुई सेटमा भारतविरुद्ध नेपालको जित

बिएल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबल फाइनलमा भारतविरुद्ध नेपालले लगातार दुई सेट जितेको छ। पहिलो सेटमा भारतसँग १७-२५ ले पराजित भएको नेपाल दोस्रो र तेस्रो सेटमा विजयी भएको हो। 

मंगलबार भएको खेलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हल त्रिपुरेश्वरमा भएको फाइनलमा नेपाल पहिलो सेटमा भारतसँग १७–२५ ले पराजित भएको थियो।

दोस्रो सेटमा नेपालले भारतमाथि २५–२३ ले जित निकाल्यो।

प्रकाशित मिति: : 2019-12-03 17:43:03

प्रतिकृया दिनुहोस्