करातेमा सुनिताले जितिन् स्वर्ण

बिएल

१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा करातेको ६८ केजी तौल समूहमा नेपालकी सुनिता महर्जनले स्वर्ण पदक जितेकी छिन्।

सातदोबोटोस्थित कराते हलमा मंगलबार भएको फाइनलमा सुनिताले पाकिस्तानकी कुल्सुनलाई ८–२ अंकले पराजित गर्दै स्वर्ण जितिन्।

योसँगै दोस्रो दिन नेपालले करातेमा ९ स्वर्ण, ३ रजत र २ कास्य पदक जितेको छ।

प्रकाशित मिति: : 2019-12-03 15:33:22

प्रतिकृया दिनुहोस्