पर्सामा अन्दाजी ७० बर्षिया बृद्धको शव फेला

बिएल

पर्सा छिपहरमाई गाउपालीका वडा नं.५ भिष्वामा एक जनाको शव फेला परेको छ। नाम वतन नखुलेको अन्दाजी ७० बर्षिया बृद्धको शव फेला परेको हो।

इलाका प्रहरी कार्यलय पोखरियाका अनुसार मागी हिड्ने तराईवासी जस्तो देखिने पुरुष व्यक्ति अचेत अवस्थामा रहेको सूचनाको आधारमा खटिएको टोलीले उक्त शव फेला पारेको हो।

घटनास्थलको जाँच प्रकृति र मुचुल्लका सहितको कार्य सम्पन्न गरी शव नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: : 2019-12-02 17:38:29

प्रतिकृया दिनुहोस्