तेक्वान्दोमा आयशाले जितिन् स्वर्ण

बिएल

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा नेपालकी आयशा शाक्यले स्वर्ण पदक जितेकी छिन्।

आयशाले २९ वर्ष माथि उमेर समूहको पुम्सेको महिला एकलतर्फ स्वर्ण जितेकी हुन।

उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन्। भारतकी खेलाडी दोस्रो हुँदा श्रीलंकाकी खेलाडीले कास्य पदकमा चित्त बुझाएको छ।

 यससँगै सागमा नेपालको स्वर्ण ९ पुगेको छ।

 

 

प्रकाशित मिति: : 2019-12-02 15:09:45

प्रतिकृया दिनुहोस्