इंग्लिस प्रिमियर लिग: टोटेनहमले बर्नेमाउथलाई हरायाे

तस्बिरः एजेन्सी

टोटेनहमले इंग्लिस प्रिमियर लिगमा फेरि जित हात पारेको छ।

शनिबार घरेलु मैदानमा भएको खेलमा टोटेनहमले बर्नेमाउथलाई ३–२ को गोल अन्तरले पराजित गरेको हो। टोटेनहमको जितमा डेले अलीले दुई गोल गरे। यस्तै एक गोल माेउसा सिसास्काे गरे। यता बर्नेमाउथका लागि दुबै गोल ह्यारी विल्सनले गरे।

खेलको २१ औं मिनेटमा नै अलीले टोटेनहमलाई अग्रता दिलाएका थिए। उनले नै खेलको ५० औं मिनेटमा टोटेनहमको अग्रता दोब्बर बनाए। खेलको ६९ औं मिनेटमा टोटेनहमले अग्रता ३–० बनायो। टोटेनहमका लागि सिसास्काेले गोल गरे।

तर,टोटेनहमले त्यसपछि कमजोर खेल प्रदर्शन गर्यो। फलस्वरुप खेलको ७३ औं मिनेटमा विल्सनले टोटेनहमविरुद्ध गोल गर्दै अग्रता ३–१ मा झारे। यस्तै खेलको ९५ औं मिनेटमा विल्सनले बर्नेमाउथका लागि गोल गरेपनि हारबाट जोगाउन सकेनन्।

जितसँगै टोटेनहमले १४ खेलबाट २० अंक बनाएको छ। टोटेनहम लिगको पाँचौ स्थानमा छ। यता पराजित बर्नेमाउथ समान खेलबाट १६ अंकसहित लिगको १२ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-11-30 22:31:30

प्रतिकृया दिनुहोस्