भान डाइककाे उत्कृष्ट प्रदर्शनमा लिभरपुलको अपराजित यात्रा कायमै

तस्बिरः एजेन्सी

इंग्लिस प्रिमियर लिगमा लिग लिडर लिभरपुलको अपराजित यात्रा कायमै राखेकाे छ।

शनिबार घरेलु मैदानमा भएको खेलमा लिभरपुलले ब्राइटनलाई २–१ गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा दुबै गोल भर्जिल भान डाइकले गरका हुन्।

खेलको १८ औं मिनेटमा नै भान डाइकले लिभरपुललाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेट पछाडि नै उनले लिभरपुलको अग्रता दोब्बर बनाए।

तर खेलकाे ७६ औं मिनेटमा लिभरपुलका गाेल रक्षक  एलिसन बेकर राताे कार्ड खाँदै मैदान छाडेका थिए। डि बक्सबाहिर आएर बल क्लियर गर्नेक्रममा हातले बल छेकेपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड दिएर मैदानबाट निकाले।

त्यसपछि खेलको ७९ औं मिनेटमा लेविस डुकले गोल गरेपनि ब्राइटन २-१ ले पराजित भयो ।

जितसँगै लिभरपुलले १४ खेलमा १३ जित र १ बराबरी खेलेको छ। लिभरपुलले १४ खेलमा ४० अंक जोडेको छ।

 १३ खेलमा १५ अंक जोडेको ब्राइटन १२ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-11-30 22:26:40

प्रतिकृया दिनुहोस्