नेपाली बालिकालाई भारत लगेर यौनव्यवसायमा लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
तीन वर्षअघि काठमाडौँमा कक्षा ९ मा अध्ययनरत ती १२ वर्षीया बालिकालाई भारतको होण्डा कम्पनीमा मासिक २० हजारको काममा लगाइदिन्छु भन्दै प्रलोभन देखाएर दिल्लदी पुर्याएकी प्रहरीले जनाएको छ।
पछि बालिकाका बुवाले आफ्नो छोरीलाई नयाँ दिल्लीस्थित रानीबागमा पुर्याएर बन्धक बनाएर वेश्यावृत्तिमा लगाइराखेको भन्दै नेपाल प्रहरीको मानव बेचविखन नियन्त्रण ब्यूरोको फेसबुक पेजमार्फत २०७६ मंसिर ८ गते सम्पर्क गरि घटनाको जानकारी गराएको सूचना अधिकारी प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए।
सूचनापछि तत्काल ब्युरोले मंसिर ९ गते भारतको नयाँ दिल्लीस्थित नेपाल प्रहरी सहचारी र सामाजिक संस्थासँगको समन्वयमा पिडितको उद्दार गरी नेपाल फर्काएको थियो।
बालिकाको बयानको आधारमा बेचबिखनमा संलग्न रहेका खड्का र तामाङलाई ब्युरोबाट खटि गएको प्रहरी निरीक्षकको टोलीले धनुषाबाट पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा धनुषा घर भइ हाल नयाँ दिल्लीमा वेश्यालय सञ्चालन गरिबसेकी जोस्ना भन्ने जुना कुमारी खड्का र पर्सा वीरगञ्ज–१० घर भइ हाल धनुषाको बेंगाडाबर–६ बस्ने सीता लामा भन्ने सिम्रन तामाङ्ग रहेका छन्। तामाङ्ग ती बालिकाको भाउजु नाता पर्ने प्रहरीले जनाएको छ।
हाल उनीहरुमाथि मुद्दा दर्ता भइ अनुसन्धान कार्य जारी रहेको थपलियाले जानकारी दिए । उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान कारवाही हुने बताइएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया