युरोपा लिग: घरेलु मैदानमा आर्सनल पराजित

तस्बिरः एजेन्सी

युरोपा लिग फुटबलमा आर्सनल पराजित भएको छ।

बुधबार राति भएको खेलमा आर्सनल बुन्डेशलिगा क्लब आईन्ट्याच फ्रान्कफर्टसँग २–१ ले पराजित भएको हो।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा जापानिज फरवार्ड आईन्ट्याच फ्रान्कफर्टको लागि दची कामडाले दुई गोल गरे। यता आर्सनका लागि भने एक मात्रै गोल पियरिक एम्रिक अबुमियाङले गोल गरे।

अबुमियाङले ४५ औ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

५५ औं मिनेटमा कामडाले बराबरी गोल फर्काए । ६४ औ मिनेटमा उनैले ब्यक्तिगत दोस्रो गोल गर्दै जित दिलाए।

हारपछि समेत आर्सनल ५ खेलबाट १० अंक सहित तालिकाको शीर्ष स्थानमा छ। फ्रान्कफर्ट ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ।

आर्सनल छनोटको अन्तिम खेलमा स्ट्यान्डर्ट लिगलाई ठुलो गोल अन्तर युरोपा लिगको अन्तिले पराजित गरे मात्र ३२ मा छनोट हुनेछ।

 

प्रकाशित मिति: : 2019-11-29 07:26:25

प्रतिकृया दिनुहोस्