नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले काठमाडौैमा अमेरिकन सिटिजन्स टाउन हल २०१९ आयोजना गरेको छन्। थांग्सगिभिङ डेको पूर्वसन्ध्यामा नेपालमा पहिलो पटक आयोजना गरिएको टाउन हलमा नेपालमा अमेरिकी नागरिकलाई विशिष्ट सेवा पुर्याएका तीनजना नेपाली सम्मानित भएका छन् ।
सम्मानित हुनेहरूमा नेपाल प्रहरीका पर्यटक प्रहरी प्रमुख अमृतबहादुर बस्नेत, केन्द्रीय कारागराका पूर्वप्रमुख बेदनिधि अधिकारी र व्यवसायी जीवन पाण्डे रहेका छन् ।
बस्नेतलाई नेपाल आउने अमेरिकी पर्यटकलाई गरेको सहयोगका लागि, अधिकारीलाई केन्द्रीय कारागरामा रहेका अमेरिकी नागरिकलाई आवश्यक पर्दा अमेरिकन दूतावाससँग समन्वय कायम गरेकोेमा र पाण्डेलाई अमेरिकी नागरिक दुर्घटनामा पर्दा अस्पताल लैजाने र दूतावासलाई खबर गर्न सहयोग गरेकोमा सम्मानित गरिएको हो।
कार्यक्रमको सुरूमा राजदूत बेरीले सबैलाई स्वागत गर्दै थ्यांक्सगिभिंगको शुभकामना दिए । उनले नेपाल र अमेरिकाबीचको सम्बन्धको बारेमा चर्चा गर्दै कार्यक्रममा सक्रिय सहभागिताका लागि सबैलाई आव्हान गरेका थिए ।
कार्यक्रममा अमेरिकन सिटिजन्स सभिर्सका प्रमुख जेम्स मांग्लोले अमेरिकी नागरिकहरु नेपाल भ्रमणमा आउँदा पासपोर्ट, भिसा लगायतका विषयमा ध्यान दिनुपर्ने कुराहरुबारे प्रकाश पारेका थिए ।
दूतावासका क्षेत्रीय सुरक्षा अधिकारी तिमोथी कोर्सोले दूतावासको सुरक्षा प्रणालीबारे जानकारी दिनुका साथै अमेरिकी नागरिकले नेपालमा गाडी चलाउँदा अपनाउनुपर्ने सुरक्षा शतर्कतालगायतका विषयमा बताए।
कार्यक्रममा कन्सुलर प्रमुख माइकल म्युसीले भिसासँग सम्बन्धित विभिन्न प्रश्नहरूको जवाफ दिएका थिए ।
करिव दुई घण्टासम्म चलेको कार्यक्रम अमेरिकन सिटिजन्स सभिर्सकी स्पेसलिस्ट शारदा शर्माले चलाएकी थिइन् ।
नेपालमा रहेका अमेरिकी नागरिकसँग छलफलका लागि आयोजना गरिएको कार्यक्रममा उल्लेखनीय संख्यामा अमेरिकीहरूको सहभागिता थियो । छलफलमा सहभागी हुनेमा अमेरिकी नागरिकता लिइसकेका नेपालीको पनि प्रतिनिधिमुलक सहभागिता थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया