गठनको २१ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर र कार्यविभाजन गरेका छन् ।
औपचारिक रुपमा केही नभनिएपनि कार्यक्षमता कमजोर देखिएको भन्दै ६ जना मन्त्री र ३ राज्यमन्त्री फेरिएका छन् तर हटाइएका मन्त्रीले आफूलाई किन हटाइयो भन्ने जानकारी नपाएको बताएका छन् ।