वीरगन्जमा कांग्रेसका संसद र नगर सभापतिबीच कुटाकुट, उपचारकालागि काठमाडौं रेफर

फाइल तस्बिरः बिएल

प्रदेश नम्बर २ का नेपाली कांग्रेसका प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा र वीरगन्ज महानगरपालिकाका नगर सभापति भोला कलवारबीच कुटाकुट भएको छ। बुधबार बिहान करिब ८ बजे आदर्शनगरस्थित ’ बब्लु टि स्टल’ अगाडीको एक चिया पसलमा शर्मा र कलवारबीच कुटाकुट भएको हो ।

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले उनीहरुबीच भएको झगडाको बिषयमा आधिकारीक जानकारी नपाइएको बताए। झगडापछि घाइते भएको दुबैजनाले नारायणी अञ्चल अस्पतालमा उपचार गराएका छन्। नगर सभापति कलवार मुखमा बढि चोट लागेकाले उनलाई नारायणी अस्पतालबाट थप उपचारकालागि काठमाडौं लगिएको बताए उनले बताए।


वीरगन्ज महानगरपालिकाका नगर सभापति एवं टाउन हलका सञ्चालक कलवारले आफुलाई चिया पसलमा बोलाएर गाली गलौज गरेपछि सम्झाउन खोज्दा केटाहरु बोलाएर कुटपिट गराएको बताएका छन्।

पार्टीमा राम्रो सम्बन्ध नभएकाले गुण्डागर्दी शैलीमा प्रदेश सभा सदस्य शर्माले आफुमाथि कुटपिट गरेको उनले बताए। पार्टीको बैठकमा पनि भनाभन भइरहने गरेको उनले बताए ।

कलवारले वीरगन्जको टाउन हल २२ वर्षको लागि वीरगन्ज महानगरसंग लिजमा लिएर चलाउदै आएका छन् ।

टाउनहलको विषयमा प्रदेश सभासदस्य शर्माले वीरगन्जमा आयोजित सार्वजनिक कार्यक्रमहरुमा स्वाथानीयहरुको साझा सम्पति भएकोले गैरकानुनी हिसाबले एकैचोटि न्यून शुल्कमा २२ वर्षको लागि ठेक्का दिनु गलत विषय भएको भन्दै विरोध गर्दै आएका थिए। 

कमिशनको लोभमा फसेका नगर प्रमुख सारावगीले टाउनहल पुन् ठेक्कामा लाग्दा कमिशन नपाउने भएपछि कलवारलाई उचालेको शर्माले आरोप लगाए। उनले ज्यानको बाजी लगाएर पनि आफूले भ्रष्टचारीलाई नछाड्ने बताउदै काठमाडौंको प्रदर्शनी स्थलको ठेक्का रद्ध हुन्छ भने वीरगन्जको किन नहुने भन्दै प्रतिप्रश्न गरे ।

यता, टाउन हलको स्वामित्वको सवालमा वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले अख्तियारले टेण्डर प्रकृयामा भएको कमिकमजोरीको विषयमा उजुरी परेपछि अनुसन्धान गरिरहेको र यसमा आफुले सघाउने बताएका छन्। वीरगन्ज महानगरका जनप्रतिनिधिहरु पनि टाउन हल फिर्ता गराउन अग्रसर रहेको उनले दावी गरेका छन्।

उता प्रदेश सभासदस्य शर्माले वीरगन्जको विकासको बाधकको रुपमा नगरप्रमुख सारावगीले विभिन्न गतिविधि गर्दै आएको र टाउनहललाई समेत समाप्त पार्ने रणनीतिमा कलवारको आरोप छ।

 

 

प्रकाशित मिति: : 2019-11-21 15:48:50

प्रतिकृया दिनुहोस्