सोमबार, १५ डिसेम्बर २०२५

इलियाना भन्छिन्–‘करिअरको सुरुवातमा मलाई अक्षयकाे काम गर्ने शैली मनपर्थ्यो’

News Image
तस्बिरः एजेन्सी
• • •

नायिका इलियाना डिक्रुजले लगातार चलचित्रमा काम गरिरहेकी छैनन्। उनी करिब २० महिनापछि नयाँ चलचित्र ‘पागलपन्थी’मा देखिदैछिन्। भारतीय मिडियासँग कुरा गर्दै इलियानाले निरन्तर चलचित्रमा काम नगर्नुको कारण खुलाएकी छिन्।

उनले आफूले कहिले पनि कुनै कुरा गुमाएको भन्ने महशुश नगरेको बताइन्। भनिन्–‘मेरो पक्षमा केही कुराले काम गर्न सकेन। जसकाकारण,म निरन्तर चलचित्रमा आउन सकिनँ। तर, मलाई यो कुराले कुनै पश्चताप छैन।’

उनले भनिन्–‘मलाई करिअरको सुरुवातमा अक्षय कुमारको काम गर्ने शैली मनपथ्र्यो। अक्षयले जस्तै बर्षमा ४ वटा चलचित्रमा काम गरौ भन्ने लाग्थ्यो। तर, मैले विस्तारै जानुपर्छ भन्ने वुझेँ।’

उनले, आफू सधै नै के कुरा रोज्ने र के हुने भन्ने कुरामा सजग रहेको बताइन्। चलचित्र ‘वर्फी’मा काम गरेपछि आफूलाई बंगाली यूवतीको भूमिकामा काम गर्नका लागि थुप्रै अफर आएको बताउँदै उनले बलिउडमा निरन्तर काम गर्ने सुनाएकी छिन्।

 

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!