युएईमा जारी टी-१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम कर्नाटका टुसकेर्स र मराठा अरेबियन्सबीचको खेल नतिजा विहीन भएको छ।
आबु धाबीमा वर्षाले खेल प्रभावित भएपछि कर्नाटका र अरेबियन्सले समान एक एक अकं बाढेका छन्।
आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको अरेबियन्सले १० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनायो। अरेबियन्सले कर्नाटकालाई जितका लागि १ सय ३० रनको लक्ष्य दिएको थियो।अरेबियन्सले दिएको १ सय ३० रनको लक्ष्यसहित कर्नाटकाले जवाफी ब्याटिङ गर्ने तयारी गरिरहदा वर्षाको कारण खेल स्थगित भयो।
कर्नाटका लागि क्रिस लिनले ६१ तथा एडम ल्याइथले ५० रनको अर्धशतकीय इनिङ्स खेले।यस्तै नाजिबुल्लाहले ११ र वालटोनले ४ रन बनाए।
कर्नाटकाका लागि अहमेद राजा, नाथन र सन्दीप लामिछानेले १/१ विकेट लिए।
खेल स्थगित भएपछि सुपर लिगमा कर्नाटका ४ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ।
यस्तै अरेबियन्स ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया