राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो फेरि चयन भएका छन्। अघिल्लो वर्ष मंसिरमा पनि महतो दुई महिनाका लागि संयोजक भएका थिए।
बुधबार राजपाको केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले अध्यक्ष मण्डलको संयोजकमा पार्टी विधानअनुसार चक्रिय प्रणालीअनुसार महतोलाई जिम्मेवारी दिइएको हो।
बैठकपछि उनले समाजवादी सरकारमा रहेसम्म पार्टी एकताको सम्भावान कम रहेको बताए। ‘सरकारमा बस्नेहरुसँग राजपाले एकता चाहेको छैन। राजपा वैकल्पिक शक्ति निमार्णको एकताको पक्षमा छ। वैकल्पिक शक्ति निर्माण सरकारमा बसेर हुँदैन भन्ने हाम्रो मान्यता हो। संसदमा राजपाले ३४ सांसदलाई एक बनाउन दुई पार्टी एक बनाउन खोजेको होइन,’उनले भने।
मुलुकले वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणका लागि आफू पार्टी एकतामा जोड दिरहेको उनको भनाइ थियो।