भारतविरुद्ध प्रदर्शन उत्रिदा पक्राउ परेका ५ जनालाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश

फाइल तस्बिर

कालापानी लगायतका भू–भागलाई भारतले आफ्नो राजनीतिक नक्सामा गाभेको विरोधमा प्रदर्शन उत्रिदा पक्राउ परेका ५ जनालाई थुनामुक्त गर्न सर्वाेच्चले आदेश दिएको छ।

अदालतले नेपाली भूभाग कालापानी,लिपुलेक र लिम्पियाधुराको विषयलाई लिएर गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनआवश्यक रुपमा पक्राउ गरि थुनामा राख्न नमिल्ने जनाएको छ।

अदालतको बुधबार बसेको इजलासअनुसार टिकाप्रसाद कडेल,विर्खबहादुर वि.क,टोपबहादुर श्रेष्ठ,धनबहादुर तामाङ रविजबहादुर घिसिङलाई थुनामा राख्न नमिल्ने चन्दै थुनामुक्त गर्न आदेश दिएको हो।

अधिवक्ताहरु एकराज भण्डारी,विश्वप्रकाश भण्डारी र हरिहर पौडेलले गरेको बहसअनुसार पाँचै जनाले कुनै अशान्ति मच्चाउने, अमनचेनमा खलल पुर्याउने खालका कार्य नगरेकाले तत्काल रिहा गर्न आदेश दिएको हो।

अदालतले आफ्नो हक अधिकार प्रयोग गर्दा प्रहरीले थुनामा राख्न नमिल्ने जनाएको छ।

प्रकाशित मिति: : 2019-11-20 16:52:42

प्रतिकृया दिनुहोस्