प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाद्वारा जिम्मेवारी बहन

बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त प्रेस सल्लाहकार सुर्य थापाले सोमबारबाट औपचारिक रुपमा जिम्मेवारी बहन गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख समेत रहेका थापा शुक्रबार प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा नियुक्त भएका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारका रुपमा कार्यरत डा.कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको हो।मंगलबार औपचारिक रुपमा जिम्मेवारी बहन गर्दै उनले सबै पक्षसँग समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। नेता थापाले यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रुपमा आफ्नो जिम्मेवारी कुशलतापर्वक निर्वाह गरेका थिए।

नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्यसमेत रहेका थापा नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादकसमेत हुन्।

प्रकाशित मिति: : 2019-11-19 14:24:22

प्रतिकृया दिनुहोस्