सोमबार, १५ डिसेम्बर २०२५

प्रियंकाले निर्देशन गरेको म्युजिक भिडियोमा आयुष्मान मोडल

News Image
फाइल तस्बिर
• • •

कुनै समयकी ‘नम्बर वान’ अभिनेत्री प्रियंका कार्की फिल्मबाट पाखा लाग्दैछिन् ।

केही समययता उनी धमाधम म्युजिक भिडियोमा देखिएकी छिन्। यसका साथ दिएका उनकै हुनेवाला श्रीमान आयुष्मान देशराज जोशीले। यो जोडी फिल्ममा खासै नचलेपछि म्युजिक भिडियोमा तानिएका हुन्।

उनले निर्देशन गरेको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। बाल गायिका आष्युका खनियाँको गीतलाई उनले दृश्यमा उतारेकी हुन्।

म्युजिक भिडियोमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीलाई देख्न सकिन्छ । लेखु सहयात्रीको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ। बाल गायिका आयुष्का खनियाँको स्वर रहेको गीतमा नरेन्द्र बियोगीले संगीत संयोजन गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!