बारामा दोहोरो नागरिकता लिएको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महागढिमाई नगरपालीका वडा नं. ३ का डा. विरेन्द्र प्रसाद कलवार रहेका छन्।
बाराका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरका अनुसार डा. कलवारले भारत र नेपालको दोहोरो नागरिकता लिएको सोहि ठाउँका मोहन प्रसाद जैशवालले उजुरी दिएका थिए। उनकै उजुरीको आधारमा डा. कलवारलाई पक्राउ गरीएको उनले बताए।
डा. कलवार भारतीय नागरीकरहेको र झुठो कागजात पेश गरेर भवानीपुरमा करीब डेढ दशकदेखि औषधि पसल संचालन गर्दै आएका थिए। पक्राउ परेका कलवारलाई सोमबार बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी नागरिकता र कागजात कीर्तेसम्बन्धी मुद्दामा अनुसन्धान शुरु गरिएको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए।