मोदीका दूत श्यामशरण काठमाडौैंमा

नेपाली राजनीति र राजनेताको नाडी छामेका भारतीय हार्डकोर कूटनीतिज्ञ श्यामशरण । फाइल तस्बिर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेषदूतका रूपमा श्यामशरण काठमाडौं आइपुगेका छन् । 

भारतले नेपाली भूभाग कालापानी क्षेत्रलाई समेत समेटेपछि नयाँ नक्सा प्रकाशनपछि सुरू भएको सीमा विवादलाई मत्थर बनाउन उनलाई काठमाडौैं पठाइएको अनुमान गरिएको छ।

नेपालमा भारत विरोधी भावना बढिरहेको र सरकारले पनि नयाँ नक्सा अस्विकार गरेकाले मोदीको चिन्ता बढाएको छ ।

त्यही मोदी चिन्ताले उनलाई काठमाडोैंको पाहुना बनाएको कूटनीतिक वृतमा चर्चा छ । 

नेपाली राजनीति र राजनेताको नाडी छामेका भारतीय हार्डकोर कूटनीतिज्ञ श्यामशरणकै पहलकदमीमा सात दल र माओवादीबीच दिल्लीमा १२ बुँदे सहमति भएको मानिन्छ ।

नेपालका लागि भारतका पूर्वराजदूत रहेका उनी भारतका पूर्व विदेश सचिव पनि हुन् । नेपाली राजनीति र राजनेताको नाडी छामेका भारतीय हार्डकोर कूटनीतिज्ञ श्यामशरणकै पहलकदमीमा सात दल र माओवादीबीच दिल्लीमा १२ बुँदे सहमति भएको मानिन्छ ।

श्यामशरणले काठमाडोैं बसाइका क्रममा प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली, सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँगै मधेस केन्द्रित दलका शीर्ष नेताहरुसँग भेट्ने कार्यक्रम रहेको काठमाडौैंस्थित भारतीय दूताबासका एक अधिकारीले बताए । 

 

प्रकाशित मिति: : 2019-11-18 19:22:35

प्रतिकृया दिनुहोस्