स्वास्थ्यमन्त्री यादव शुक्रबारदेखि वीर अस्पतालमा

बिएल

स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री डा. सुरेन्द्र यादव गत शुक्रबारदेखि वीर अस्पतालमा उपचाररत छन्।

मेरुदण्डको दुखाई लिएर अस्पताल पुगेका उनी भीआईपी कक्षमा उपचार गराइरहेका छन्।

राज्यमन्त्री यादवको उपचारको नेतृत्व गरिरहेका डा. राजीव झाकाअनुसार मन्त्री यादवको मेरुदण्डको नशा च्यापिएको छ। यस्तो अवस्थामा हिँडडुल गर्न तथा सिधा बस्न गाह्रो हुन्छ। खुट्टा उचल्दा मात्रै पनि ढाडमा असर गर्ने उनले बताए।

च्यापिएको नशा सुकाउन औषधि चलाइरहेको डा. झा बताउँछन्। अस्पताल ल्याएको दिनभन्दा आज धेरै सुधार आएको बताउँदै भन्छन्, ’अब २ दिनमा उहाँलाई डिस्चार्ज गरिनेछ।’

राज्यमन्त्री यादवलाई दैनिक फिजियोथेरापी गराइएको छ। सोमबार पनि उनलाई अल्ट्रासाउण्ड गरिएको डा. झाले बताए।

राज्यमन्त्री यादवका अनुसार यसअघि उनलाई मेरुदण्डको कुनै समस्या थिएन। केही दिनअघि एउटा कार्यक्रममा जादाँ ढाड चस्किएर सहन नसक्ने गरी दुखेपछि अस्पताल आएको उनले बताए।

 

प्रकाशित मिति: : 2019-11-18 13:56:13

प्रतिकृया दिनुहोस्