एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले अहिले बंगलादेशविरुद्द खेलिरहेको छ।
समूह चरणको अन्तिम खेलमा टस जितेर बंगलादेशले फिल्डिङ गर्ने निर्णय गरेपछि मैदानमा उत्रिएको नेपालले ४४ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३८ रन बनायो ।
जितका लागि १ सय ३९ रनको लक्ष्य पाएकाे बंगलादेश केहिबेरमा मैदान उत्रिनेछ।
यसअघि नेपालका लागि सोमपाल कामीले ६३ बलमा ४ चौका प्रहार गरेर ६३ बलमा सर्वाधिक ३८ रन बनाए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल २२,करण केसी १८, कुशाल भुर्तेल १०, आरिफ शेख ११,र पवन शराफले ९ रन बनाए।
बंगलादेशका मिन्हाजुल अब्दीन अफ्रिदी र सुमोन खानले समान ३/३ विकेट हात पारे ।
यस्तै तन्भिर इस्लामले २ विकेट हात पार्दा मेहेदी हसनले १ विकेट लिए ।
अघिल्लो चरण प्रवेशको लागि नेपाललाई बंगलादेशविरुद्ध जित निकाल्नै पर्ने दबाब छ।
ढाकामा बिहिबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो।
यस्तै शनिबार दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गरेको थियो।
बंगलादेशले पहिलो खेलमा हङकङलाई ९ तथा भारतलाई ६ विकेटले पराजित गरेको थियो।
प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको थियो।
समूहको शीर्ष दुई टिमले सेमिफाईनल खेल्नेछन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया