सन् १८१४ को शिशिर ऋतुको ढल्दो समय । राजधानी काठमाडौं सधैंझैं आफ्नो दिनचर्यामा व्यस्त थियो । तर, नेपाल दरबार बेचैन थियो । दरबारमा भारदारहरू मुलुकको लागि दूरगामी महŒव राख्ने अविस्मरणीय विषयमा छलफल गर्दै थिए ।
नेपाल पश्चिममा कांगडा र पूर्वमा टिस्टा पुगेपछि सम्पूर्ण हिन्दुस्तानलाई आफ्नो कब्जामा लिने अभियानमा सफलता हासिल गर्दै रहेको इस्टइन्डिया कम्पनी झस्केको थियो । कम्पनीका गभर्नर जनरल लर्ड हेस्टिङस गोर्खाली शक्ति विस्तार देखेर त्रसित थिए । उनको भित्री इरादा नेपाललाई कम्पनी या कम्पनीमा आश्रित राजाको सिमानाले तीनतिर घेरेर नेपाली शक्तिलाई सदाका लागि ठेगान लगाउने थियो । धेरै वर्षअघि सिन्धुली गढीमा गोर्खाली फौजले क्याप्टेन किनलकको नेतृत्वको फौजलाई लखेटेपछि अंग्रेजहरू निहु खोज्न आएका थिएनन् ।
दरबारमा गम्भीर छलफल भयो । छलफलमा उमेर ढल्केका, युद्धकौशल जानेका, अनुभवले खारिएका, क्षणिक भावुकता र जोसभन्दा विचार पु¥याएर अघि बढ्नुपर्छ भन्ने जेठाबाठा र पाका भारदारहरू चौतरिया बमशाह, रंगनाथ गुरुज्यू, काजी दलभन्जन पाण्डे, काजी अमरसिंह थापा आदिले तत्काल युद्ध गर्नु प्रत्युत्पादक हुने हुँदा वार्ताको माध्यमबाट शान्ति कायम गर्नु उचित हुने राय दिए ।