मस्तिष्क घातबाट विरामी हुम्लाका पत्रकार अर्जुन बोहरालाई अार्थिक सहयोग प्रदान गरिएको छ।
पत्रकार महासंघका हुम्लाका अध्यक्ष बोहरालाई हुम्लाका व्यावसायीहरुले उठाएको १ लाख रुपैयाँ पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीमार्फत शनिवार हस्तान्तरण गरिएको हो।
पत्रकार महासंघ केन्द्रीय समितिले बोहराको सहयोगका लागि देशब्यापी अपिल गरिसकेको छ। सो अपिल अनुरुप अहिलेसम्म करिव १० लाख रकम सहयोग जुटेको केन्द्रीय सदस्य जैसीले जानकारी दिए।
अर्जुनका दाजु बिष्णु बोहरालाई हस्तान्तर गरिएको सो रकम हुम्लाका कैलाश व्यापारसंघसहित २८ जना व्यापारीले उठाइएको थियो। पत्रकार बोहराका लागि थप रकम पनि चाहिएकाले स्थानीय समाजसेवी कमल बोहरा, उजिर बोहरा, नरबहादुर लामा, टेकबहादुर लामाले सहयोगका लागि लागिपरेका छन्।
यसैबीच प्रेस काउन्सिलबाट प्राप्त हुने उपचार सहयोगका लागि पनि पहल भईरहेको र केही दिनभित्रै बोर्डको बैठक बसेर निर्णय हुने जैसीले बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया