सोमबार, १५ डिसेम्बर २०२५

नेपाली सीमा मिचिएकोबारे शिक्षामन्त्री पोखरेलले गराए भारतीय मन्त्रीकाे ध्यानाकर्षण

News Image
बिएल
• • •

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाली सीमा मिचिएकोबारे भारतीय मन्त्रीको ध्यानाकर्षण गराएका छन्।

फ्रान्सको पेरिसमा जारी संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को ४० औं महासभा बैठकका क्रममा शिक्षा मन्त्री पोखरेलले भारतीय मानव संशाधन विकासमन्त्री रमेश पोख्रियाल निशांकलाई भेटेर जारी नयाँ नक्साबारे असन्तुष्टि जनाएका हुन्।

मन्त्री पोखरेलले कूटनीतिक पहलमार्फत सीमा विवाद हल गरेर सम्बन्ध प्रगाढ गराउन भारतीय समकक्षीसँग आग्रह गरेको उनका स्वकीय सचिव विनोद न्यौपानेले बताए।

भेटमा दुई देशका मन्त्रीबीच गुणस्तरीय शिक्षाको विकासलगायत विषयमा पनि छलफल भएको बताइएको छ।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!