भलिबल टोलीका सदस्यलाई ३-३ लाख रुपैयाँ पुरस्कार

बिएल

बंगलादेशको ढाकामा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली टिम सबै सदस्यलाई नगदसहित सम्मान गरिने भएको छ।

प्रतियोगिताको कुनै पनि खेलमा पराजय नभोगी च्याम्पियन बन्न सफल नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले सबै सदस्यलाई पुरस्कार स्वरुप तीन–तीन लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

२० वर्षे भलिबल इतिहासमा नेपाली महिला टोलीले प्राप्त गरेको यो पहिलो स्वर्ण पदक हो ।

प्रतियोगितामा नेपाली प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन्। प्रतियोगिताकै उत्कृष्ट स्पाइकरको उपाधि पनि प्रतिभाले नै जितेकी थिइन्। यस्तै सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो घोषित भए।

प्रकाशित मिति: : 2019-11-15 17:48:47

प्रतिकृया दिनुहोस्