आलमलाई पूर्वपक्षका लागि थुनामा पठाइयाे

फाइल तस्बिर

रौतहट बमकाण्ड र हत्याको अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद आफताब आलमलाई पूर्वपक्षका लागि थुनामा पठाइएको छ।

जिल्ला न्यायाधीश दीपक ढकालको चार नम्बर इजलासमा आलमलाई थुनामा पठाएको हो।

ज्यान मार्ने कसुर, ज्यान मार्ने उधोग र विष्फेटक पदार्थ गरी तीनवटा मुद्दामा पक्राउ परेका रौतहट क्षेत्र–२ का सांसद महमद आफताब आलमको पक्षमा अधिवक्ताहरुले सोमवारदेखि बहस गरेका थिए ।

आलमको पक्षबाट आज वरिष्ठ अधिवक्ता अनिरुद्र बैठा, अधिवक्ताहरु किशोर राउत, राजाराम यादव, रामबहादुर साह, बिनोद पटेलले बहस गरिसकेका छन्।

यसअघि पूर्व महान्याधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता युगनाथ खनाल, अधिवक्ता सतिस कुमार झा, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, सुनिल पोखरेल, योगेन्द्रबहादुर अधिकारी, कृष्ण घिमिरे भुषण र गोपालकृष्ण घिमिरेले लगायत १५ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

 

प्रकाशित मिति: : 2019-11-15 17:14:07

प्रतिकृया दिनुहोस्