प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.अर्यालसहित ६ जनाको राजीनामा, रिमाल यथावत रहने

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका ६ जनाको राजीनामा स्वीकृत गरेका छन्।

तिहारलगत्तै स्वास्थ्य स्थिति प्रतिकूल बनेपछि प्रधानमन्त्रीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको परामर्शपछि फास्टट्र्याकबाट काम अघि बढाउने संकेत गर्दै पहिलो चरणमा केही सल्लाहकार र सचिवालय सदस्यहरू हेरफेर गर्न खोजेका हुन् । सल्लाहकार र सचिवालयमा हेरफेरपछि दोस्रो चरणमा मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी छ ।

प्रधानमन्त्री ओलीकै आग्रहमा राजीनामा दिएका सचिवालयका ११ जनामध्ये ६ जनाको मात्र राजीनामा स्वीकृत गरेको स्रोतले बताएको छ।

प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्याल, प्रेस संयोजक चेतन अधिकारी, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, सचिवालयका कृष्ण पौडेल, घनश्याम भट्टराई र उदय पोखरेलको राजीनामा स्वीकृत गरेका हुन्।

यससँगै प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, मुख्य स्वकीय सचिव इन्द्र भण्डारी, मिडिया विज्ञ रामशरण बजगाई र होम रिमाल भने सचिवालयमै यथावत रहने भएका छन्।

प्रकाशित मिति: : 2019-11-15 13:52:58

प्रतिकृया दिनुहोस्