सोमबार, १५ डिसेम्बर २०२५

सबै सार्वजनिक यातायातमा ‘भ्रमण वर्ष २०२०’ को स्टिकर टाँसिने

News Image
बिएल
• • •

सरकारले नेपाल भ्रमण वर्ष २०२० को प्रचार/प्रसारको लागि सबै सार्वजनिक यातायातमा प्रचारात्मक स्टिकर टास्ने भएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्य पछि देशभरका करिब ३ लाख सार्वजनिक यातायातमा स्टिकर टाँसिने पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए।

उनले आगामी मंसिर १५ गतेसम्म सबै सार्वजनिक यातायातमा स्टिकर टास्न व्यवसायीलाई आग्रह गरेको भन्दै भ्रमण वर्ष सफल पार्न यातायात क्षेत्रको ठूलो योगदान हुने तर्क गरे।

उनले सवारी साधन सफा र सेवा चुस्त दुरूस्त पार्न आग्रह गरे।

यो प्रचारात्मक स्टिकर बाध्यात्मक नभई स्वेच्छिक भएकोसमेत मन्त्री भट्टराईले बताए।

यो अभियान राजधानीबाट सुरु गरेर देशव्यापी बनाउने योजना रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए।

यी स्टिकरले गाडीलाई हानी नगर्ने हुँदा निश्चिन्त भएर टास्न व्यवसायीसँग उनले आग्रह गरे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!