इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर बनार्डो सिल्भालाई एक खेलको प्रतिबन्ध लागेको छ। इंग्लिस फुटबल एसोसिएसन (इएफए) ले आफ्नै टिमका सहकर्मीविरुद्ध सामाजिक संजालमा रंगभेदीय पोस्ट गरेको भन्दै पोर्चुुगिज खेलाडी सिल्भालाई एक खेलको प्रतिबन्ध लगाएको हो।
यस्तै उनलाई ५० हजार पाउण्ड समेत जरिवाना गरिएको इएफएले जनाएको छ। यससँगै सिल्भाले प्रिमियर लिगमा २३ नोभेम्वरमा चेल्सीविरुद्ध हुने खेल गुमाउने भएको छ।
पोर्चुगिज मिडफिल्डर सिल्भाले गत सेप्टेम्वर २२ मा आफ्नै टिममा सहकर्मी बेन्जामिन मेन्डीलाई स्पेन र पोर्चुगलमा लोकप्रिय चकलेट ब्राण्ड कोङगिटोससँग तुलना गर्दै रंगभेदीय ट्वीट गरेका थिए।
सिल्भाको पोस्टपछि फुटबल एसोसियसनले छानबिन गरेको थियो। छानबिनको क्रममा उनले जातीय र रंगभेदीय नियम तोडेको र दोषी पाइएको भन्दै कारवही गरेको इएफएको विज्ञप्तिमा उल्लेख छ।
लिगमा साविक विजेता सिटी लिभरपुलसँग ९ अंकले पछि परेको छ। १२ खेलबाट सिटी २५ अंकसहित चौथो स्थानमा छ। ३४ अंक जोडेर लिभरपुल शीर्षस्थानमा छ। समान २५ अंक रहेको लेस्टर सिटी र चेल्सी क्रमश दोस्रो र तेस्रो स्थानमा छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया