भारतीय महिलालाई विराटनगर ल्याएर यौन व्यवसायमा लगाउने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहारका ४५ वर्षे मोहम्मद रियाज रहेका छन्।
मोरङका प्रहरी प्रवक्ता डीएसपी राजकुमार खिँउजु अनुसार रियाजले भारतीय महिलालाई नेपाल ल्याएर होटल तथा गेष्ट हाउसमा यौन व्यापारमा लगाउने गरेका थिए। रियाजले केही समयदेखि विराटनगर महानगरपालिका–१५ रानीमा रहेको हिमाल गेस्ट हाउसमा समेत काम गर्दै आएको उनले बताए।
भारतस्थित फारविसगञ्ज घर भएकी एक महिलाले दिएको उजुरीका आधारमा रियाजलाई बुधबार प्रहरीले पक्राउ गरेका हो। रियाजविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम मुद्दा चलाइने डीएसपी खिँउजुले बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया