मंसिर १४ गते हुने उपनिर्वाचनमा सिके राउतले नेतृत्व गरेको जनमत पार्टीबाट मोरङको धनपालथान गाउँपालिका– २ अध्यक्षमा उम्मेदवारी परेको छ ।
जनमत पार्टीबाट चनरादेवी मण्डलले उम्मेद्वारी दर्ता गराएकी छन् ।
मोरङका मुख्य निर्वाचन अधिकृत राजेन्द्र अधिकारीका अनुसार धनपालथान २ मा नेकपाबाट पंकजकुमार मण्डल, नेपाली कांग्रेसबाट नारायणप्रसाद साह, मंगोल नेशनल अर्गनाइजेसनबाट मेघनाथ पाश्वान, नेपाल लोकतान्त्रिक पार्टीबाट देवनारायण मण्डल, राप्रपा संयुक्तबाट ज्योति पाशवान र राजपाबाट चन्दानन्द मण्डलले मनोनयन दर्ता गराएका छन् ।