अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय गुर्जुधारामा छापा मारेको छ।
मोटरसाइकल पास गर्ने क्रममा कार्यालयका एक कर्मचारीले सेवाग्राहीसँग घुस मागेको सुराकीका आधारमा अख्तियारले बुधबार छापा मारेको हो।
छापा मार्ने क्रममा कार्यालयका एक नासुलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। तर कर्मचारीको परिचय खुलाइएको छैन।
‘अनुसन्धानको क्रममा रहेको विषयमा केही बोल्न मिल्दैन,’ प्रवक्ता कोइरालाले भने।