सोमबार, १५ डिसेम्बर २०२५

ट्रक पल्टिएर च्यापिएर दुई जनाको मृत्यु

News Image
प्रतिकात्मक तस्बिर
• • •

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका–४ दाउन्नेमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रक धनी नवलपरासी बर्दघाट सुस्ता पश्चिमकै सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय बलबहादुर सार्की र ट्रक चालक २९ वर्षीय नरबहादुर गुरुङको मृत्यु भएको हो ।

बुधबार बिहान पूर्वबाट फलाम लिएर पश्चिमतर्फ जाँदै गरेको ना४ख ४५०४ नम्बरको ट्रक बिहान साढे ४ बजे सडकबाट करिब २५ मिटर तल खसेको थियो ।

फलाम बोकेको ट्रक पल्टिएर च्यापिएका दुवैजनालाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले उद्धारका क्रममा मृत फेला पारेको हो ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!