बुटवल – बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फार्मेसी (औषधि पसलमा) औषधि नपाउँदा उपचारका लागि आउने बिरामी सास्ती व्यहोर्न बाध्य भएका छन् ।
अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरेपनि चिकित्सकले सिफारिस गरेजति अत्यावश्यक औषधि फार्मेसीमा पाइँदैन । चिकित्सकले लेख्ने गरेका औषधि अस्पतालको फार्मेसीमा छैन भन्ने जवाफ दिने गरिएको छ ।
बिरामीलाई सस्तो र सहज सुविधा दिन निजी फार्मेसी हटाएर सञ्चालनमा आएको अस्पतालको आफ्नै फार्मेसीले बिरामीलाई राहत दिनुको सट्टा सास्ती दिएको हो ।
औषधि उपलब्ध गराउन अस्पताल प्रशासन र प्रदेश सरकारले कुनै चासो दिएका छैनन् । पश्चिम क्षेत्रकै पुरानो (१०९ वर्ष) अस्पतालको सेवा प्रभावकारी नहुँदा उपचारका आउने बिरामीले औषधि खोज्न विभिन्न निजी फार्मेसी/क्लिनिकहरू चहार्नुपर्ने बाध्यता सिर्जना भएको छ । अझै रातिको समयमा अस्पतालको आसपास रहेका निजी क्लिनिक र फार्मेसी समेत बन्द हुँदा बिरामीहरू औषधि पाउनबाटै वञ्चित हुनुपर्ने अवस्था छ । औषधि राखिनुपर्ने फार्मेसीका र्याकहरू खाली देखिन्छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया