सोमबार, १५ डिसेम्बर २०२५

प्रधानमन्त्री रोजगार कार्यक्रम : विश्व बैंकको १३ अर्ब ऋण पनि साना योजनामै सकिने

News Image
भक्तपुर सूर्यविनायकमा गत जेठ ४ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ कार्यक्रम। कार्यक्रम साना योजनामा मात्र केन्द्रित भएको र लक्षित समूहसम्म नपुगेको भन्दै आलोचना भएको थियो। तस्बिरः निर्मला घिमिरे
• • •

काठमाडौं- अघिल्लो वर्ष रोजगारीका नाममा बजेटको चरम दुरुपयोग गरिएको भन्दै चौतर्फी आलोचना भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्व बैंकको अन्तराष्ट्रिय विकास संस्था (आइडीए)ले दिएको ऋण पनि साना आयोजनामै सकिने देखिएको छ।  

विश्व बैंकले ५ वर्षका लागि सरकारलाई दिएको १३ अर्ब ६२ करोड ऋण प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् साना आयोजना सञ्चालनमै खर्च हुने देखिएको हो। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!