स्पेनिस सुपर कप साउदी अरेबियामा हुने भएको छ । साउदी अरबले सोमबार प्रतियोगिताको घोषणा गर्दै अर्को बर्षको पहिलो महिनामा स्पेनिस सुपर कप साउदी अरेबियामा सञ्चालन गर्ने निर्णय गरेको हो।
स्पेनिस समाचार पत्रिका एभिसीले बताए अनुसार बार्सिलोनासँगै रियल मड्रिड, एट्लेटिको मड्रिड र भ्यालेन्सियासहित चार टिमहरु ६२ हजार दर्शक क्षमताको किंग्स अब्दुल्लाहा स्पोर्ट्स सिटी जेद्दाहामा खेल्ने पक्का भएको छ।
यसका लागि स्पेनिस फुटबल महासंघले २९ देखि ३४ मिलियन डलर बार्षिक रुपमा आम्दानी गर्नेछ। सम्झौता तीन बर्षको हुनेछ।
तर सरकारी अधिकारी र ला लिगाले भने यो कदमको आलोचना गरेको छन्।
स्पेनका खेलकुदका जुनियर मन्त्री मारिया जोसेले भनेका छन्, 'यो कदमको सरकारले सहयोग गर्नेछैन। जुन देशमा महिला अधिकारलाई सम्मान गरिदैन, त्यहाँ यो प्रतियोगिता हुदैछ।'
एम्नेस्टि ईन्टरनेश्नलले समेत साउदी अरबको मानव अधिकार हननको बिषयलाई गम्भिर चासोको रुपमा लिदै आएको छ।
साउदी राजकुमार प्रिन्स मोहमद विन सलमानले सामाजिक सुधारको कार्यक्रमहरु अघि सार्दै सन् २०१७ मा महिलालाई फुटबल खेल लाग्दै आएको प्रतिबन्ध फुकुवा गरेका थिए।
यस्तै साउदीले महिलालाई सवारी चालक अनुमती दिने जस्ता सामाजिक सुधारको कार्यक्रम लागु गरेको छ।
स्पेनिस फुटबल महासंघका अध्यक्ष लुईस एबिएल्सले साउदीमा हुने स्पेनिस सुपर कप हेर्न महिला समर्थकलाई कुनै अवरोध नहुने बताएका छन्।
तालिका अनुसार बार्सिलोनाले एट्लेटिको मड्रिड र भ्यालेन्सियाले रियल मड्रिडसँग जनवरी ८ देखि १२ सम्म खेल्नेछन् । दुवै खेलको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
गत सिजनको ईटालीको सुपर कोपा समेत साउदी अरबमै भएको थियो । एसी मिलानलाई हराउँदै युभेन्ट्सले प्रतियोगिताको उपाधि जितेको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया