खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले देशैभरिको सबै स्थानीय तहसँगको सहकार्यमा खानेपानी र सरसफाइसम्बन्धी गुरुयोजना बनाउन लागेको बताएकी छिन् ।
स्थानीयस्तरमा खानेपानी र सरसफाइ अधिकार नीतिगत आवश्यकता र चुनौतीसम्बन्धी आज बर्दिया सदरमुकाम गुलरियामा आयोजित अन्तक्र्रियामा उनले भने, “सबै नेपालीको घरमा खानेपानीको व्यवस्था गर्ने गरी गुरुयोजना बनाउन लागिएको हो ।”
उनले अल्पकालीन र दीर्घकालीनरुपमा खानपानीको समस्या हल गर्न सबै स्थानीय तह र प्रदेशलाई बजेट विनियोजन गरिएको जानकारी दिए ।
खानेपानी अभाव भएको गाउँ, नगरमा खानेपानीको व्यवस्था गरी समस्या सामाधान गर्न कर्मचारीलाई सक्रियपूर्वक काम गर्न मन्त्रीले निर्देशन दिए ।
खानेपानीको लागि उपभोक्ता पनि सक्रिय हुनुपर्ने मन्त्री मगरको भनाइ छ ।कार्यक्रममा प्रदेश नम्बर ५ को प्रदेशसभा सदस्य तिलक शर्माले गरीबका लागि सार्वजनिक खानेपानी टोलटोलमा पु¥याउन आवश्यकता रहेको बताए ।
सङ्घीय सांसद तुलसी थापा र विमला विक तथा प्रदेशसभा सदस्य कुलप्रसाद केसी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलगायतले पनि खानेपानीको समस्या समाधानका विषयमा मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा स्थानीय उपभोक्ताले वर्षौंदेखि आफूहरुले खानेपानीको समस्या झेल्दै आएको बताउँदै यसको समाधानका लागि खानेपानीमा पर्याप्त बजेट विनियोजन गर्न माग गरे ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया