गृहमन्त्री भन्छन्—पर्याप्त सुरक्षाकर्मी नहुँदा सीमाको सुरक्षा गर्न सकेनौं

फाइल तस्बिर

गृहमन्त्री रामबहादुर थापाले सरकार सीमा सुरक्षा विस्तार गर्ने योजनामा रहेको बताएका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा बैठकमा सोमबार भाग लिँदै उनले सीमा सुरक्षाको विषय गृह मन्त्रालय मातहत रहेको भन्दै सीमा सुरक्षा विस्तार गर्ने योजना रहेको बताए ।

‘दार्चुलामा हामी सुरक्षाकर्मी थप्दैछौं’, उनले भने, 'हामीसँग प्रयाप्त सुरक्षाकर्मी नहुँदा सीमा सुरक्षा दिन सकेका थिएनै तर अब हामी सीमा सुरक्षा विस्तार गर्ने योजनामा रहेका छौं ।

सीमा विवादको समस्या अहिलेको नभइ ६ दशकदेखिको समस्या रहको उनको तर्क छ। यसअघि बैठकमा भाग लिँदै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपाल र भारतको सीमाको समस्या अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको बताएका थिए।

भारतले गत नोभेम्बर १ मा जारी गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालभर विरोध प्रदर्शन भइरहेको छ। भारतले उसको नक्सामा नेपालको कालापानी र लिपुलेक राखेको भन्दै नेपालभर विरोध प्रदर्शन भइरहेको हो।

सो विषयबारे समितिले छलफल गर्नको लागि प्रधानमन्त्रीलाई डाके पनि उनी भने उपस्थित भएनन्।

प्रधानमन्त्री सहभागी नभएपछि सरकारका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले धारणा राखेकी छन्।

प्रकाशित मिति: : 2019-11-11 15:02:07

प्रतिकृया दिनुहोस्