बंगलादेशविरुद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज भारतले जितेको छ ।
नागपुरमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा बंगलादेशलाई ३० रनले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो ।
भारतले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ४४ रनमा समेटियो ।
बंगलादेशको लागि मोहमद नाइमले ८१ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै मोहमद मिथुनले २७ रन बनाए ।
बंगलादेशलाई सस्तैमा समेट्न भारतका दिपक चाहरले ह्याट्रिकसहित ६ विकेट लिए । यस्तै शिभम डुबेले ३ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।
भारतको लागि श्रेयर आयर र लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले । आयरले ६२ तथा राहुलले ५२ रन बनाए ।
यस्तै मनिष पाण्डेले अविजित २२ तथा शिखर धवनले १९ रन बनाए ।
बंगलादेशका इमुनुल इस्लाम र सौम्य सरकारले समान २/२ विकेट लिए ।
सिरिज अन्तर्गत पहिलो टी-ट्वान्टी बंगलादेशले ७ विकेटले जितेको थियो । दोस्रो खेलमा भने भारतले ८ विकेटको जित निकालेको थियो ।
अब दुई टोलीले दुई खेलको टेष्ट सिरिज खेल्ने छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया