इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसलाई पराजित गरेको छ ।
शनिबार राति आफ्नै मैदानमा भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसमाथि २–० गोलअन्तरको सहज जित निकालेको हो । चेल्सीको जितमा टमी अब्राहम र क्रिष्टियन पुलिसिकले गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको चेल्सीले दुवै गोल दोस्रो हाफमा गरेको हो । खेलको ५२ औं मिनेटमा अब्राहमको गोलबाट अग्रता लिएको चेल्सीले खेलको ७९ औं मिनेटमा पुलिसिकको गोलबाट २–० को जित निकालेको हो ।
जितसँगै चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको १२ खेलबाट २६ अंक रहेको छ । समान अंक रहेको लेष्टर सिटी भने गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ । लिभरपुल भने ३१ अंक बनाएर लिगको शीर्ष स्थानमा छ ।
शनिबार राति नै भएको अन्य खेलमा बर्नेलीले वेष्ट ह्यामलाई ३–० गोलअन्तरले पराजित गर्दा एभर्टनले साउथह्याम्पटनलाई २–१ र न्युक्यास्टलले बर्नेमाउथलाई २–१ गोलअन्तरले पराजित गरेका छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया