सोमबार, १५ डिसेम्बर २०२५

१४ औं साग पाकिस्तानमा गर्ने प्रस्ताव

News Image
फाइल तस्बिर
• • •

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) पाकिस्तानमा गर्ने प्रस्ताव गरेको छ ।

नेपालमा आयोजना हुने १३ औं साग अघि शनिबार बसेको काउन्सिलको बैठकले अर्को साग पाकिस्तानमा गर्ने प्रस्ताव गरेको हो ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले साग आयोजनाको पालो अब पाकिस्तानको रहेको बताएका छन्। उनले विधानअनुसार पाकिस्तानलाई पत्र पठाउने बताए ।

'पाकिस्तानको प्रतिक्रिया हर्छैं। त्यसपछि त्यहाँको अवस्था हेरेर गर्न नसक्ने हो भने आयोजक परिवर्तन गर्न सकिन्छ।' उनले भने।

पाकिस्तानले आयोजना गर्न नसके १४ औं साग श्रीलंका र माल्दिभ्समा संयुक्त हुनेछ । बैठकमा सात राष्ट्रका ओलम्पिक कमिटिका अध्यक्षको सहभागिता रहेको थियो ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!