सोमबार, १५ डिसेम्बर २०२५

सुदूरपश्चिम प्रदेशमा लगानी भित्र्याउन वित्तीय सम्मेलन गरिने

News Image
फाइल तस्बिर
• • •

सुदूरपश्चिम प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले आउँदो मङ्सिर २० गते वित्तीय सम्मेलन गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा वित्तीय सम्मेलन गर्ने निर्णय गरेको जनाइएको छ । प्रदेशका ठूला आयोजना तथा उद्योगका लागि लगानी जुटाउन प्रदेश सरकारले वित्तीय सम्मेलन गर्ने योजना बनाएको हो ।

मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिव ओलीले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा प्रदेशले स्थानीय तहलाई दिने सम्पूरक अनुदानसम्बन्धी कार्यविधि २०७६ र विशेष अनुदानसम्बन्धी कार्यविधि २०७६ संशोधनसमेत गरेको जानकारी दिए ।

त्यसैगरी मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश २०७६ पनि पारित गरेको छ । गठनादेशका आधारमा समिति गठन गरेर प्रदेश सरकारले गोदावरीमा राजधानी बनाउने तयारी गरेको छ ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!